You are viewing the translated version of उत्पादन केन्द्रको स्थापना र सञ्चालन.
Section 25
उत्पादन केन्द्रको स्थापना र सञ्चालन
(१) विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री वितरणको प्रयोजनका लागि वनस्पती, जडीबुटी वा अन्य जैविक स्रोतको सङ्कलन, प्रशोधन र उत्पादन गर्न आवश्यकता अनुसार उत्पादन केन्द्र स्थापना तथा सञ्चालन गर्नेछ।
(२) उपदफा (१) बमोजिमको उत्पादन केन्द्रले परम्परागत रूपमा प्रचलित ज्ञान, सीपको उपयोग तथा प्रवर्द्धन, जडीबुटी उद्यान स्थापना तथा सञ्चालन, जडीबुटी प्रशोधन तथा औषधि उत्पादन र उद्यमशीलता विकासको लागि सरकारी, सहकारी, निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्य गर्न सक्नेछ ।
(३) विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको प्रयोजनका लागि प्रचलित कानूनको अधीनमा रही बन्यजन्तु पालन गर्न सक्नेछ।
(४) उत्पादन केन्द्रले आफूले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्ने प्रयोजनका लागि वस्तुको गुणस्तर परीक्षण तथा नियन्त्रण, ब्राण्डिङ, बिक्री मूल्य निर्धारण लगायतका कार्य गर्नेछ।
(५) उत्पादन केन्द्र सञ्चालन तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।